Menu

आजको मौसम

पृथ्वीनारायण शाह को सम्मान राज्यले गर्नु पर्ने :माधव कुमार नेपाल

Author
News Feed |
January 12, 2025
Featured

वीरगन्ज-

नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले नेपालको पृथ्वीनारायण शाह को सम्मान राज्यले गर्नु पर्ने बताएका छन् । छुटा छुटै राज्य लाई एउटा सिंगो देश बनाउने लाई युग पुरुष लाई हामी सबैले सम्मान गर्नु पर्ने बताएका छन् ।

वीरगन्जमा आइतबार आयोजित नेकपा (एकिकृत समाजवादी) पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘ नेपाल राष्ट्रको एकिकरण गर्ने पृथ्वीनारायण शाहप्रति आफनो उच्च सम्मन रहेको बताउँदै राज्यलेपनि उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने,‘देशको हितमा काम गरेकाहरुलाई राज्य र दलहरुले संकीर्ण सोच त्यागेर सम्मान गर्नसक्नुपर्छ ,गर्नुपर्छ पनि।’

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘माधव नेपालको अनुहारपनि हेर्न मन लाग्दैन भन्ने व्याक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनु पर्यो ।’ तर आँफुले कोहिप्रति घृणाकोे भाव नराखेको उनले सुनाए । नेपालले भने,‘जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ । जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाँउछ।’

दुई ठूला शक्तिराष्ट्र चीन र भारतकोबीचमा रहेको नेपाल क्षेत्रफल सानो भएपनि नेपालको आफ्नो छुट्टै इज्जत,प्रतिष्ठा र स्वाभिमान रहेको धारणा उनले राखे ।

नेकपा (एकिकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी,जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनेश प्रसाद यादव,राप्रपाका नेता सुमेश्वरनाथ उपाध्याय लगायतकालेपनि सम्बोधन गर्दै अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन