Menu

आजको मौसम

बाराको जीतपुरमा कारभित्र एक शव फेला

Author
News Feed |
December 20, 2024
Featured

बारा-

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ११ मा एक कारमा शव फेला परेको छ ।

बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा एक पुरुषको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतकको पहिचान खुलेको छैन ।

अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन