Menu

आजको मौसम

रौतहटमा आगलागी, २५ घर जले लाखौंको सम्पत्ति नष्ट

Author
News Feed |
December 29, 2024
Featured

रौतहट –

जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्।

आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको रौतहट प्रहरीले जनाएको छ।

आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन