Menu

आजको मौसम

पर्सका एक युवकमृत अवस्थामा फेला

Author
News Feed |
January 05, 2025
Featured

पर्सा-

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–४ बस्ने राजदेव प्रसाद पटेलको छोरा बर्ष ४५ को हिर्देस पटेल मृत अवस्थामा फेला परेको छ ।

हिजो बिहान १० बजे खाना खाई साईकल लिएर जङ्गलमा दाउरा लिन गएका पटेल आज बिहान मृत अवस्थामा जङ्गलमा फेला परेको हो ।

जङ्गल गएका पटेल हिजो साँझसम्म पनि घर नफर्किएपछि साँझ देखि नै घरपरिवार खोजी कार्यमा लागेका थिए । आज बिहान स्थानीयहरु दाउरा लिन जङ्गल जाने क्रममा उनको शब देखेपछि स्थानिय प्रहरी चौकि बडनिहारलाई खबर गरेका थिए ।

बडनिहार प्रहरी चौकी र स्थानीयहरु घटना स्थलमा पुग्दा पटेल दाउरा साईकलमा लिएर आउने क्रममा ढोरियामाई जङ्गल क्षेत्रमा साईकल सहित लडेको अवस्थामा उनी मृत फेला परेको थियो । उनको शरीरमा शंकास्पद कुनै चोटपटक र दाग नरहेको प्रहरीले जनाएको छ ।

शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा पठाईएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन