Menu

आजको मौसम

ललितपुर महानगरद्वारा जोशी र कायस्थ सम्मानित, आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था

Author
News Feed |
November 14, 2024
Featured

काठमाडौं-

ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने भएको छ ।

.बिहीवार ललिपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाले आजबाट लागू हुनेगरी अनुसन्धानकर्ता जोशी र वरिष्ठ साहित्यकार कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कला, संस्कृति, सम्पदा संरक्षणमा अनवरत रुपमा सक्रिय भइ महानगरको पहिचान बढाउने काम गरेको योगदानको कदरस्वरुप उहाँहरुको दिनचर्यालाई सहज बनाउन सो सम्मान दिएको बताउनु भयो । उहाँले अस्पतालमा भर्ना भइ उपचार गराउनुपरेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने बताउनु भयो ।

संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश रहेका छन् । साथै संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार कायस्थको पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश छ । जोशीले संस्कृतिका विविध विधामा तीन दर्जन बढी पुस्तक लेख्नुभएको छ भने कायस्थका ५ दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् । कला, संस्कृति, सम्पदा संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वको सम्मान र कदरस्वरुप महानगरपालिकाले सो काम गरिरहेको प्रमुख महर्जनले बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन