Menu

आजको मौसम

सिरहाको मिर्चैया बजारका व्यापारीहरु द्धारा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

Author
News Feed |
January 14, 2025
Featured

सिरहा –

सिरहाको मिर्चैया बजारका व्यापारीहरुले आज एकाबिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । स्थानीय व्यापारीहरुले राजमार्गमा तगारो राखेर अवागमन ठप्प पारेका छन् । बिहानैदेखि मिर्चैयामा सवारी साधनहरुको लामो लर्को रोकिएको छ । यात्रुहरु कठिनाइमा परेका छन् ।

चिनियाँ इष्ट वेष्ट रेल्वे कम्पनीले  राजमार्ग निर्माणमा अतिशय ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्कै ढाक्ने गरेको बन्दकर्ता मिर्चैयाबासीको भनाइ छ । स्थानीय व्यापारी रामप्रसाद साह पटक पटक ताकेता गर्दा पनि राजमार्ग निर्माण कार्यमा हदैसम्म ढिलाइ भइरहेको बताउँछन् । ‘बजार क्षेत्रमा सडक भत्काइएकोले आवागमनमा पनि कठिनाइ भइरहेको छ । व्यापारीहरु सडककै दुर्गतिका कारण पलायन भइरहेका छन् । व्यापार चौपट भएको छ,’ उनले भने, ‘ धूलोले घर र पसलमा बस्नै नसक्ने स्थिति छ । तीन वर्ष भयो राजमार्ग भत्काएको अझैसम्म निर्माण पूरा गरिएको छैन ।’

अर्का व्यापारी भन्छन्, ‘सडक विभाग , चाइना निर्माण व्यवसायी कम्पनी र कन्सलटेन्टलाई भन्दा भन्दा थाक्यौ । चाइना कम्पनी उल्टो भन्छ , हामीसँग पैसा छैन  कसरी काम गर्ने ? अनि यो राजमार्ग कसरी निर्माण हुन्छ । हामीले कति सास्ती भोग्ने ?’

पूर्व पश्चि राजमार्गको कमला नदीदेखि पूर्व कञ्चनरुप बजारसम्म चार लेन सडक निर्माणको ठेक्का पाएको चाइना कम्पनीले तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्दा पनि सडक निर्माण पूरा गरेको छैन । अझसम्ममा मात्र ५० प्रतिशत काम पूरा भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन