Menu

आजको मौसम

महानगरपालिकामै पुगेर नेको इन्स्युरेन्सले दियो १० लाखको वीमा रकम

Author
News Feed |
January 08, 2025
Featured

वीरगन्ज-

नेको इन्स्युरेन्स कम्पनी लिमिटेडले आफ्नो वीमा गरेको ग्राहकलाई १० लाख रुपैंया विमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का फयाजुल हक उसमानीको नाममा गरिएको विमा रकम उनका श्रीमती सबानु खातुनलाई हस्तान्तरण गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले कार्यरत कर्मचारीहरुको दुर्घटना विमा गरेको थियो । सोही दुर्घटना वीमा बापतको रकम आज नेको इन्स्युरेन्सले वीरगन्ज महानगरपालिका कार्यालयमै पुगेर नगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा महानगरपालिकाका कर्मचारी उसमानकी श्रीमती खातुनलाई इन्स्युरेन्स कम्पनीको तर्फबाट मधेस प्रदेशका क्लष्टर हेड विक्रम आलेले १० लाखको वीमा रकम हस्तान्तरण गरेका हुन् ।

वीरगन्ज महानगरपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट कर्मचारीहरुको सामुहिक दुर्घटना बिमा गरेको थियो । सूचना प्रविधि सम्वन्धी वडाको काम गरेर फर्किने क्रममा गएको साउन ३१ गते उसमानी मोटर साईकल दुर्घटनामा परेका थिए ।

उनको उपचारको क्रममा भदौ ३ गते मृत्यु भएको थियो । महानगरपालिकाले गरेको सामूहिक दुर्घटना वीमा योजना अन्तर्गत फयाजुल हक उसमानीको दावी भुक्तानी उनकी श्रीमती सबना खातुनलाई हस्तान्तरण गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन