Menu

आजको मौसम

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको अवमूल्यन गर्नु राष्ट्रघात हो : वक्ताहरू

Author
News Feed |
January 10, 2025
Featured

काठमाड़ौँ-

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक प्रवचन गोष्ठी आयोजना गर्याे ।

महासंघका नवनिर्वाचित अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा प्रमुख अतिथि पूर्व प्रधान सेनापति प्यारजङ्ग थापा र प्रमुख वक्ता त्रि वि इतिहास संस्कृति विभागाध्यक्ष प्रा. डा. विणा पौडेल रहनुभएको थियो।

बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको दूरदर्शिता, आजका चुनौती र हाम्रो भुमिका विषयक गोष्ठी कार्यक्रमका अन्य वक्ताहरूमा किराँत धर्मगुरु डा चन्द्रकुमार शेर्मा, बौद्ध धर्म गुरु शिव औतारी लामा, श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्यामकृष्ण शर्मा, नेपाल जैन परिषदका अध्यक्ष बिमल चन्द्र राखेचा, पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई हरहनु भयो ।

महासंघका सचिव भोला दाहालले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित प्रमुख अतिथी लगायतलाई अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुदै बडा महाराजाधिराज पृथ्वीनारायण शाहकाे नेपाल एकिकरणकाे याेगदानलाई कुनै पनि नेपालीले भुल्न नहुने बताउनु भयो । उहाँले भन्नू भयो “जसले पृथ्वीनारायण शाहलाई मान्दैन त्याे नेपाली हुन सक्दैन ।

पाैष २७ गते पृथ्वी जयन्तीलाई प्रत्येक नेपालीले हर्षाेल्लासका साथ देश ब्यापी रुपमा मनाउनु पर्छ । र उहाँको तस्बिर अंकित हुलाक टिकट र नाेट मुद्रण गरिनु पर्दछ ।” वैदिक बटुकहरुको स्वस्तिवाचन सहित दीप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथिसहित मञ्चस्थ सबैले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका उप सभापति अरुणकुमार पाण्डेले धन्यवाद मन्तव्य राख्नु भयो ।

कार्यक्रमका सभापति महासंघका अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यमा राष्ट्र निर्मातालाई राजसंस्था र राजनीतिसंग जोडेर हेर्न नहुने भन्दै राष्ट्र निर्माताको सम्मान नगर्ने व्यक्ति वास्तविक नेपाली नागरिक हुन नसक्ने बताउनुभयो । प्रमुख अतिथी पूर्व प्रधान सेनापति प्यारजंग थापाले दिव्य उपदेशको चर्चा गर्नुहुंदै आजको राजनीति अर्थनीति विदेश नीतिमा समेत दिव्योपदेश मार्गदर्शक हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष राधेश्याम थापा, कोषाध्यक्ष गणेश रिमाल, केन्द्रीय सदस्य प्रदिपलाल श्रेष्ठ , दक्षिण यशियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, नेपाल ज्योतिष परिषदका वरिष्ठ उपाध्यक्ष पं लेखनाथ न्यौपाने , विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव उत्तमराज भण्डारी, कामधेनु गौशाला नवलपुरका संचालक गौदास बाबा लगायतको उपस्थिति रहेकोे थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन