Menu

आजको मौसम

वडा अध्यक्ष गुप्ता द्धारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण

Author
News Feed |
January 15, 2025
Featured

वीरगन्ज –

बिरगंज महानगरपालिका वडा न. ९ का वडा अध्यक्ष श्री जवाहिर प्रसाद गुप्ता ज्युको पहलमा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल र इलेक्ट्रिक जग वितरण गरिएको छ।

यस वितरण कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप–प्रमुख श्री इम्तियाज आलम ज्यु रहेका थिए। उहाँले वितरण कार्यक्रमलाई उद्घाटन गर्दै समाजका कमजोर तथा विशेष आवश्यकता भएका वर्गहरूको हितमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

वडा न. ०९ का अध्यक्ष श्री जवाहिर प्रसाद गुप्ताले यो कार्यक्रम समाजसेवाका लागि आफूले चालिएको एउटा सानो प्रयास भएको बताउँदै, यस्ता सहयोगका कार्यहरू आगामी दिनमा पनि निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

वडाभित्रका विभिन्न टोलहरूबाट आएका ज्येष्ठ नागरिक, एकल महिला, तथा अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका छन्। उनीहरूले यस सहयोगका लागि वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन्।

कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, तथा वडा कार्यालयका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम अत्यन्तै सकारात्मक वातावरणमा सम्पन्न भयो।

यो पहलले वडा न. ०९ मा विपन्न वर्गलाई सहयोग पुर्‍याउने प्रयास मात्रै नभई सामुदायिक सद्भाव र समानताको सन्देश प्रवाह गरेको छ। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन