Menu

आजको मौसम

स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न माग

Author
News Feed |
January 13, 2025
Featured

काठमाडौं-

नेपाल ट्रक यातायात व्यवसायी महासंघले स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको हो । पत्रकार सम्मेलनमा महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले सरकारले उदाशिनता देखाए अन्य सडक संरचनाहरुमा समेत क्षति हुन बताउनु भयो । उहाँले सडक संरचना बचाउन र दुर्घटना न्युनिकरण गरी सर्वसाधरणको जीवन रक्षा गर्न,उपभोक्ताहरुलाई सर्व सुलभ सेवा प्रदान गर्न र ट्रकको क्षेत्रमा भएको खर्बौंको लगानी सुरक्षित गर्न माग गर्नुभयो ।

उहाँकाअनुसार महासंघले भारतीय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनुपर्ने, मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धि कार्यबिधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । त्यस्तै नेपाल प्रवेश गर्ने भारतिय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल वस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन, नेपालका जिर्ण पुल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिन्ह राखिनुपर्ने माग समेत गरेको छ ।

महासंघले ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भारवहन गरेका छन् वा छैनन् भनि मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाँच गरिनुपर्ने माग गरेको छ । साथै अधिक भारवहन गरेको पाइए जरिवानासहित अधिक भरलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडी बढ्न दिनुपर्ने माग राखेको छ ।

पुस २६ गते भारतीय मालवाहक एन.एल.०१ ए एच ५१६१ नम्बरको सवारी साधनले अत्याधिक भारवहन गरी सञ्चालन भएकाले दुम्किवासमा रहेको विनय खोलाको पुल भाँचिएको थियो । जसबाट सवारी साधन सञ्चालनमा समेत बाधा पुगेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन