Menu

आजको मौसम

वीर्ता प्रहरी लाई चकमा दिदै चरेस फ्याँकेर तस्कर फरार , खोजी कार्य जारी

Author
News Feed |
January 15, 2025
Featured

वीरगन्ज-

वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागू ओैषध चरेस बरामद गरेको छ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ गणेश टोलबाट प्रहरीले १९ किलो ५०० ग्राम चरेस बरामद गरेको हो।

विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज-१६ गणेश टोलको भित्री सडकबाट १३ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।

प्रहरीका अनुसार विशेष सुचना पाएर वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोली गणेश टोलमा पुग्दा नम्बर खुल्न नसकेको मोटरसाइकलमा बोरामा चरेस लिएर जाँदै गरेका उक्त मोटरसाइकलका चालक चरेस रहेको बोरा फ्याँकेर फरार भएका थिए।

बरामद चरेस प्रहरी कार्यलयमा राखिएको र तस्करको खोजी भइरहेको प्रहरी निरीक्षक चौलागाईले संचारमाध्यम लाई  जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन