Menu

आजको मौसम

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

Author
News Feed |
January 06, 2025
Featured

काठमाडौं –

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार स‌ंस्था ग्लोबल टाइम्सले जानकारी दिएको छ।

आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखेको छ ।

पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो। नेपालको पूर्वी पहाडमा अहिलेसम्म भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन। चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन