Menu

आजको मौसम

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा शुरु गर्न माग

Author
News Feed |
January 09, 2025
Featured

काठमाडौँ- 

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा शुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बौल्दै सांसदहरुले यस्तो माग राख्नुभएको हो । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोषिमा कार्कीले विश्वविद्यालयको लागि बनाइएको संरचनाले सुदूपश्चिमलाई जिस्क्याएर बसेको भन्दै स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने माग राख्नुभयो । उहाँले सेती प्रादेशिक अस्पतालमा बिरामीको थेगि नसक्नु भीड भएको उल्लेख गर्दै विश्वविद्यालयका लागि बनाइएको संरचना प्रयोग गर्न विधेयक कुर्न नहुने बताउनु भयो ।

उहाँले सेती प्रादेशिक अस्पतालमा एउटै बेडमा तीन÷तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै कुनै प्रकोप आएको खण्डम उक्त अस्पतालले धान्न नसक्ने बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबीच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका स्वास्थ्य सेवाहरु विश्वविद्यालयका लागि बनाइएको संरचनामा विस्तार गर्नको लागि निर्देशन दिन समितिसमक्ष माग गर्नुभयो । उहाँले विधेयकहरु विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि ? भन्दै प्रश्न समेत गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसाधारणका छोराछोरीको समेत चिकित्सा शिक्षमा पहुँच पुग्ने गरी ल्याउनुपर्ने बताउनु भयो । उहाँले चिकित्सा शिक्षा अत्याधिक महंगो भएकाले सर्वसाधारण वञ्चित हुनुपरेको बताउनु भयो । उहाँले विश्वविद्यालयका प्राध्यापकहरु र कर्मचारीहरु मुलुकको विकासका  लागि निःस्वार्थ भावनाले लाग्नुपर्ने समेत बताउनु भयो ।

नेकपा (एमाले) का सांसद रघुजी पन्तले सबै विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्री राख्न नहुने धारणा राख्नुभयो । उहाँले त्रिभूवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री राखेपनि अन्य विश्वविद्यालयको कुलपति प्रदेश प्रमुखलाई बनाउनुपर्ने माग राख्नुभयो । उहाँले छिमेकी मुलुक भारतमा समेत सोही अभ्यास भइरहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन