Menu

आजको मौसम

श्रीरामलालाको प्राण प्रतिष्ठाको पहिलो वार्षिकोत्सवका अवसरमा शोभा यात्रा निकालिने

Author
News Feed |
January 09, 2025
Featured

पर्सा-

नेपाल जनता पार्टी वीरगन्जले भारतको अयोध्यामा भगवान् श्रीरामलालाको प्राण प्रतिष्ठाको पहिलो वार्षिकोत्सवका अवसरमा वीरगन्जमा शोभा यात्रा निकालिने भएको छ।

नेपाल जनता पार्टी जिल्ला समितिले वीरगन्जमा आगामी शनिबार शोभा यात्रा निकाल्न लागेको हो। नेपाल जनता पार्टीका बरिस्ठ नेता सन्तोषानन्द महाराजका अनुसार,पुस २७ गते शनिबारका दिन वीरगन्जमा शोभा यात्रा निकाल्न लागिएको हो।

शनिबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट भगवान् श्रीराम,माता जानकी,भगवान् हनुमानको झाँकीसहित सुरु हुने शोभायात्रा घण्टाघर,माईस्थान,आदर्शनगर,अलखियामठ चोक,घडिअर्वा हुँदै पुन घण्टाघर चोकमा पुगेर समापन हुने नेपाल जनता पार्टीका बरिस्ठ नेता सन्तोषानन्द महाराजले जानकारी दिए।

शोभायात्राको तयारीका लागि नेपाल जनता पार्टीका अगुवाहरुको बिहीबार बैठक बसेको थियो।बैठकमा नेपाल जनता पार्टीका केन्द्रीय सदस्यहरु सुरेश साह कानु,विनोद कार्की,पारस द्विवेदी,पर्सा अध्यक्ष अनिल कुर्मी,उपाध्यक्ष धिरज साह कानु,महामन्त्री नवीन मिश्रा,महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता,युवा मोर्चा संयोजक दीपक सर्राफ लगायतकाको सहभागिता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन