Menu

आजको मौसम

शितलहर प्रभावित समूह वा व्यक्तिहरुले तत्काल राहत सामग्रीको विवरण टिपाउन पर्सा सीडीओको अनुरोध

Author
News Feed |
January 08, 2025
Featured

वीरगन्ज ।

पर्सामा चिसो र शितलहरको प्रकोपवाट बच्न-बचाउनका लागि वितरण गरिने राहत सामग्री विपद व्यावस्थान समितिको शीघ्र कार्य टोलीलाई उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।

जाडोयामसँगै यस जिल्लामा शितलहरको प्रकोप बढेको र त्यसबाट बच्न बचाउनका लागि वितरण गरने राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वारा प्रणाली मार्फत वितरण गर्ने निर्णय गरेकोले जिल्ला विपद व्यावस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक सूचना जारी गरेर आग्रह गर्नुभएको हो ।

राहत सामग्री प्रदान गर्न ईच्छुक संघरसंस्थारव्यक्तिहरुलाई जिल्लामा गठित “शीघ्र कार्यटोली“ का सदस्य वा जिल्लाका सुरक्षासँग सम्बन्धित पदाधिकारीहरुसँग सम्पर्क गरी राहत सामग्रीहरुको अभिलेखाङ्कन र वितरणमा एकद्वार प्रकृया अवलम्बन गर्न अनुरोध गर्नुभएको छ ।

राहत सामग्रीको विवरण टिपाउन माथिको नम्बरमा फोन गर्न पर्सा जिल्ला प्रशासन कार्यालय पर्सा द्वारा जारी गरीएको सुचना

साथै शितलहर प्रभावित समूह वा व्यक्तिहरुले आफूलाई तत्काल आवश्यक राहत सामग्रीको विवरण नजिकको सुरक्षा निकायमा टिपाउनु हुन समेत अनुरोध गरिएको छ । राहत सामग्रीहरुको वितरण कार्यलाई पारदर्शी र आवश्यकता केन्द्रित बनाउन एकद्वार प्रणाली लागू गरिएको पनि प्रमुख जिल्ला अधिकारी आर्यालले जारी गर्नुभएको सूचनामा जनाईएको छ ।

जाडोयाममा शीतलहरबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने सर्वपक्षीय निर्णय गरेको थियो । सोहि अनुसार आज जिल्ला प्रशासन कार्यालय पर्साले सुचना जारी गरेको जनाईएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन