Menu

आजको मौसम

पकहाँमैनपुर संघर्ष युवा समाज द्वारा रक्तदान सम्पन्न

Author
News Feed |
January 18, 2025
Featured

पर्सा-
पर्साको पकहाँमैनपुर गाउँपालिकामा संघर्ष युवा समाजको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष आदित्य शर्माको अध्यक्षता तथा सिदार्थ माध्यमिक विद्यालयका प्रधानध्यापक बिनोद मेहताको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।

पकहाँमैनपुर गाउँपालिकाको वडा ३ स्थित स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा ३ महिला सहित ३१ जनाले रक्तदान गरेका हुन।

कार्यक्रममा संस्थाका अध्यक्ष आदित्य शर्मा, महासचिव बिजय कुमार सहनि, सचिव चन्देश्वर यादव, सह सचिव नितेश यादव, सदस्य अमर लाल यादव, अकाश पटेल, मुकेश साह गोढ, रबिन्द्र चौरसिया प्रहरी चौकी धोरेका ईन्चार्ज प्रहरी सहायक निरिक्षक अरबिन्द यादव, स्वास्थ्य चौकीका कर्मचारी प्रमिला यादव, पुजा चौहान, स्थानिय नवलकिशोर साह, सिपु राउत कमकर, आशा देवी लगायतका ३१ जनाले रक्तदान गरेका थिए ।

प्रमुख अतिथि यादवले संघर्ष युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रम सराहनीय रहेको भन्दै यस्ता समाजिक कार्यमा निरन्तरता दिन सुझाव दिएका थिए। उनले ग्रामीण भेगका युवाहरुले लागुऔषध सेवन तथा गलत कुलतमा परेको र त्यसता गतिबिधिले समाजमा नकरात्मक असर परिरहेको हुनाले यो समस्या सुधारमा ल्याउन समेत योजनाबद्ध भएर काम गर्न आग्रह समेत गरेका थिए।

नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साहले नयाँ संस्था हुदाँ पनि स्थापनाको महिनौ नबितिदा समाजिक कार्य तर्फ अग्रसर हुनु सराहनीय रहेको बताए। संस्थाका सल्लाहकार समेत रहेका साहले स्थानिय तहमा भई रहेको अनयमिता तथा भ्रष्टाचार बिरूद्ध काम गर्नु पनि जनता र समाजिक कार्य नै हुने भएकोले यता तर्फ पनि अग्रसर भएर काम गर्न सुझाव दिएका थिए। उनले भने जाडोको समय छ, जनता पिडामा छन तर पालिकाका जनप्रतिनिधि मौन हुनु र कुनै किसिमको चासो समेत नदेखाउनु स्थानिय जनताको लागि दुर्भाग्य रहेको गुनासो गरे। उनले पालिकाको गतिबिधि बिरुद्ध अवाज उठाउन आग्रह गर्दै संस्थाको स्तरोन्नति तथा हरेक कार्यक्रममा आफु सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

संस्थाका अध्यक्ष शर्माले आफ्नो अमुल्य समय निकालेर सहभागी भई कार्यक्रम सफल बनाउनु भएका प्रमुख अतिथि, अतिथि लगायत रक्तदाताहरुमा धन्यवाद ज्ञापन गरेका थिए।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य प्रमोद पटेल, नेता रामशेवक पंडित, रामबाबु प्रसाद चौरसिया, महिन्द्र कम्कर, बिओपी पकहाँमैनपुरका ईन्चार्ज सशस्त्र प्रहरी नयाव निरिक्षक रामेश्वर कार्की, नेपाल बिधार्थी संघ पकहाँमैनपुर गाउँपालिका कमिटीका सचिव चन्दन पटेल, समाजसेवी युवा बिशाल पटेल रन्जित चौरसिया लगायतको सहभागिता रहेको थियो

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन