Menu

आजको मौसम

एमाले केन्द्रिय कमिटी बैठकः कुनैपनि गुटबन्दीहरु पार्टीले सहन नहुनेमा जोड

Author
News Feed |
January 06, 2025
Featured

काठमाडौ –

नेकपा (एमाले) को पार्टी केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अहिलेसम्म ५६ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेको बताउनु भयो । बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले  अधिकांश केन्द्रिय सदस्यहरुले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहेको बताउनु भयो । उहाँकाअनुसार पार्टीभित्रका कुनैपनि गुटबन्दीहरु पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरु भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रिय सदस्यहरुले जोड दिएको बताउनु भयो ।

उहाँले पार्टीलाई सवलिकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रश्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरु देखिएको उल्लेख गर्दै यसका यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्नेमा नेताहरुको जोड रहेको बताउनु भयो ।

बैठकमा अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सुुदृढिकरणका लागि संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन