Menu

आजको मौसम

वीरगंजमा गोंड समाजको बैठक सम्पन्न, गोंड जातिलाई आदिवासी जनजातिमा समावेश गर्नुपर्ने माँग

Author
News Feed |
January 18, 2025
Featured

पर्सा-

नेपाल गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक जिल्ला समन्वय समिती पर्साको प्रागंनमा सम्पन्न भएको छ ।

शनिबार समाजका केन्द्रिय उपाध्यक्ष लालजी साह गोंडको अध्यक्षतामा सम्पन्न बैठकले तिन बुंदे निर्णय गरेको छ । बैठकले गोंड जातिलाई आदिवासी जनजातीमा सुचिकृतको लागि पहल गर्ने,रक्तदान गर्ने तथा कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले राज्यको सेवासुबिधाबाट बञ्चित रहेका गोंड जातिलाई आदिवासी जनजातिमा सुचिकृत गराई राज्यको मुलधारमा ल्याउन सरकार संग माँग गरेको छ । त्यसका लागि समाजले संघिय तथा समान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने समेत निर्णय गरिएको समाजका पर्सा अध्यक्ष मनोज साह गोंडले जानकारी दिनुभयो । यसैगरी बैठकले रगतको अभावलाई मध्यनजर गरि चाडै नै वीरगंजको घण्टाघरमा वृहत रक्तदान गर्ने समेत निर्णय गरिएको अध्यक्ष साहले बताए ।

बैठकमा समाजका केन्द्रिय कोषाध्यक्ष प्रहलाद गुप्ता, सदस्यहरु आशा साह, रामनारायण साह, समाजका युवा नेता बिन्दुभुषण साह,बिजय साह, प्रभात साह, ज्ञानेन्द्र साह, दिपेन्द्र साह, नरेश साह, हृदयनारायण साह,रबिन्द्र साह,राकेश साह,सुनिल साह लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण समाजका युवा नेता बिन्दुभुषण साहले गरेका थिए

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन