Menu

आजको मौसम

मधेश प्रदेश सरकारले दिपावली गरी मनायो स्वाभिमान दिवस

Author
News Feed |
January 16, 2025
Featured

जनकपुरधाम –

मधेश प्रदेश नामकरण भएको सम्झनामा माघ ३ गते मधेश प्रदेश सरकारले मनाउँदै आएको मधेश स्वाभिमान दिवस यस वर्ष दिपावली गरी मनाएको छ ।

प्रदेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेश अन्तर्गतका सबै मन्त्रालय, निकाय र कार्यालयमा यस वर्ष आजका दिन साँझ दीप प्रज्ज्वलन गर्न गरेको आग्रह बमोजिम प्रदेशका सबै मन्त्रालयमा दीप प्रज्ज्वलन गरी दिवस मनाइएको हो ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी विभिन्न दलका प्रदेशसभा सदस्यसहित मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले देशमा संघीयता आएपछि विभिन्नखालका विकास निर्माणको कामले गति लिएको भन्दै संघीयतालाई संस्थागत गरी अघि बढने काममा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको भन्दै संघीयतामाथि प्रश्न उठयो भने संविधानमाथि नै प्रश्न उठ्ने भएकाले संघीयतामाथि कुनै प्रकारको प्रश्न उठाउनु जायज नभएको बताउनुभयो । त्यसैगरी मधेश स्वाभिमान दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधामसहित मधेश प्रदेशभरी विभिन्न संघ सस्थाहरुले विभिन्न कार्यक्रमको आयोजनागरी स्वाभिमान दिवस मनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन