Menu

आजको मौसम

चीनको सबैभन्दा ठूलो ‘अपतटीय सौर्य–हाइड्रोजन फार्म’ मा सञ्चालन सुरु

Author
News Feed |
January 05, 2025
Featured

काठमाडौं –

सिएचएन ऊर्जा लगानी समूह (सिएचएन) अन्तर्गत पूर्वी चीनको क्षेत्रमा अवस्थित एउटा ठूलो एकीकृत सौर्य–हाइड्रोजन फार्मले औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ।

चीनमा सबैभन्दा ठूलो ऊर्जा फामलाई आधिकारिक रूपमा रुडोङ अपतटीय फोटोभोल्टिक–हाइड्रोजन ऊर्जा भण्डारण परियोजना भनेर चिनिन्छ। यो सफलतापूर्वक ग्रिडमा जोडिएको छ।

यसले चीनको पहिलो व्यापक ऊर्जा उपयोग तथा तटीय पारिस्थितिक व्यवस्थापन परियोजनाको शुभारम्भ, फोटोभोल्टिक ऊर्जा उत्पादन, हाइड्रोजन उत्पादन, हाइड्रोजन इन्फ्युलिङ र ऊर्जा भण्डारणलाई एकीकृत गरेको सिएचएन ऊर्जाले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सन् २०२५ मा पूर्ण रूपमा सञ्चालन हुँदा, परियोजनाले वार्षिक औसत ४६८ मिलियन किलोवाट–घण्टा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसले लगभग तीन लाख नौ हजार ४०० टन कार्बन डाइअक्साइड, ५६२.६ टन सल्फर डाइअक्साइड तथा एक हजार १२५.३ टन नाइट्रोजन डाइअक्साइड सहित उत्सर्जनमा पनि पर्याप्त कमी ल्याउनेछ।

सिएचएन ऊर्जाका अनुसार, यी कटौतीहरूले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान मात्र गर्दैनन् । यसलै थप दिगो ऊर्जा संरचनामा सङ्क्रमणलाई अगाडि बढाउन महत्त्वपूर्ण कोसेढुङ्गा पनि चिन्ह लगाउँछन्। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन