Menu

आजको मौसम

वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन ४ प्रतिशतले बढ्यो

Author
News Feed |
January 11, 2025
Featured

पर्सा-

लामो समयपछि वीरगन्ज भन्सार कार्यालयको कारोवारमा गती देखा परेको छ । कोरोना महामारी पछि आएको वैश्विक आर्थिक मन्दीका कारण घट्दै गएको भन्सार कार्यालयको कारोवारमा पछिलो समय कबिर ६ प्रतिशतको गती देखा परेको हो ।

माल बस्तुको निकासी तथा पैठारीका लागि प्रयोग हँने प्रज्ञापन पत्रको तुलनात्मक तथ्याँलाई हर्दा गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा वीरगन्ज भन्सार कार्यालयले ३ हजार १ सय बढी प्रज्ञापन प्रयोग गरेकोे छ । गत आर्थिक वर्षको साउन देखि मंसिर सम्मको पाँच महिनामा ५८ हजार ४ सय ६८ वटा प्रज्ञापन पत्र प्रयोग भएको तुलनामा चालु आवमा ६१ हजार ५ सय ६८ वटा प्रज्ञापन पत्र प्रयोग भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याँक अनुसार वीरगन्ज नाकालाई प्रयोग गरी नेपालका लागि हुने विभिन्न माल बस्तुको अयात तथा नेपालबाट भारत तथा तेस्रो मुलुक तर्फ हुने माल बस्तुको र्नियात बढे संगै यसको सकारात्मक प्रभाव राजश्ज संकलनम समेत देखा परेको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनामा ६१ अर्ब ९९ करोड९६ लाख रुपैया राजश्व संकलन भएकोे तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले २ अर्ब ५९ करोड५४ लाख रुपैया बढी अर्थात ६४ अर्ब ५९ करोड ५१ लाख रुपैया राजश्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी अमित तिवारीले जानकारी दिनुभयो ।

उहाँले आर्थिक मन्दीको कुप्रभावमा थोरै भएपनि कमी देखा परेकाले राजश्व संकलनमा ४ प्रतिशतको सुधार देखिएकोे बताउनुभयो।

वीरगन्ज नाकाबाट पछिलो समय औद्योगिक कच्चा पर्दाथको आयात बढेको भएपनि भन्सार कार्यालयलाई सबै भन्दा बढी राजश्व दिने विलासिय अर्थवा व्यसायिक बस्तुको आयातमा सुधार नभएको सुचना अधिकारी तिवारीको भनाइ रहेको छ । औद्योगिक कच्चा पर्दाथको आयात वृद्धीले आर्थिक मन्दीको प्रभाव घटदै गएको संकेत दिएकाले विस्तारै भएपनि व्यवसायिक बस्तुको आयातमा सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।–––

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन