Menu

आजको मौसम

नेपाली कांग्रेस पर्सा कार्यसमिति द्वाराआज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना

Author
News Feed |
December 31, 2024
Featured

पर्सा-

नेपाली कांग्रेस पर्सा कार्य समितिले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा कांग्रेसले हरेक पौष १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।

नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे ले स्वागत मन्तव्य राख्दै बि.पि कोइराला ले दिएको राष्ट्रिय एकता तथा मेलमिलाप संदेश लाइ दैनिक जीवन अपनाउन जरुरी रहेको बताए । अहिले का राजनीतिक ब्यतित्वहरुले मिलेर काम गर्नु पर्ने मा मनमुटाव ले काम गरिरहेकोले देश विकासमा समस्य उत्पन्न भएको बताए ।

प्रमुख अतिथी रहेका राज कृष्ण अमात्यले वि.पि को कोइराला बारे बोल्दै वि.सं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए। वि.सं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरे । राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४७ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका बताएका थिए ।

कार्यक्रमका सभापतितब गरेका राम नारायण कुर्मिले प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेता कुर्मी ले बताए ।

कार्यवाहक सभापति राम नारायण कुर्मी सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता राम स्वरुप कुर्मी , क्षेत्र नं१ का कार्यवाहक सभापति अनिल सिंह ,प्रदेश सदस्य प्रेम शंकर श्रेष्ठ , प्रकाश अमात्य , हरेन्द्र यादव , वीरगन्ज महानगरपालिकाका पुर्व उप मेयर शान्ति कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साको चुनावमा सचिव पदमा विजय भएका विजय चौहान र सदस्य खुला पदमा निवार्चित भएकोमा सम्मान समेत गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन