Menu

आजको मौसम

आज जय ट्रफी क्रिकेटको उद्घाटनमा मधेस र बागमती खेल्दै

Author
News Feed |
January 04, 2025
Featured

वीरगन्ज-

आज देखी जय ट्रफी पुरुष एलिट कप सुरु हुदैँछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेस प्रदेशको राजधानी जनकपुर र अर्को ठुलो सहर वीरगन्जमा हुनेछ ।

यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरे पछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।

आजको उद्घाटन खेलमा मधेस प्रदेश र बाग्मती प्रदेशका बिचमा भिडन्त हुनेछ । मधेस प्रदेशबाट हरिशंकर साहले कप्तानी गर्नेछन् भने बागमतीबाट सन्दीप लामिछानेले कप्तानी गर्नेछन् ।

मधेशः हरिशंकर साह (कप्तान), नीरजकुमार यादव, रुपेश सिंह, मयन यादव, साहिल पटेल, अभिषेक तिवारी (उपकप्तान), भुलवन सहनी, विशाल पटेल, रञ्जित कुमार, राजेश यादव, प्रदीप पासवान, अफ्रुद्दिन राइन, हिमांशु दत्त, राहुल मण्डल, शैलेन्द्र साह ।

बागमती: सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, आशुतोष घिरैया, रित गौतम, ईशान पाण्डे, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापामगर, विपिन आचार्य, शुभ क‌ंशाकार, रोहन विके, सूर्यान्शु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी ।

यसैगरी वीरगन्जमा नेपाल पुलिस र त्रिभुवन आर्मीको खेल पनि आजै हुने छ । दुवै खेल एउटै समय विहान साढे ९ बजेदेखि सुरुहुने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन