Menu

आजको मौसम

सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीबाट जोगिन साइबर ब्युरो आग्रह

Author
News Feed |
January 01, 2025
Featured

काठमाडौँ –

विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ ।

ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन आग्रह गरेको हो ।

ब्युरोले भनेको छ, ‘फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेका छन् ।’

यसका साथै इसेजा, खल्तीजस्ता वालेट तथा बैंकिङरवित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । यस्ता क्रियाकलापबाट सचेत रहन ब्युरोले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन