Menu

आजको मौसम

असोज १० को बाढीपहिरोबाट १२ अर्ब ८६ करोड क्षति भएको दाबी बिमा

Author
News Feed |
January 03, 2025
Featured

काठमाडौँ-

गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी भएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ रुपैयाँ बराबर भुक्तानी भएको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमामा एक हजार सात सय ७४ वटा दाबी परेको छ। नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ रुपैयाँ बराबरको दाबी सम्पत्ति बिमामा परेको छ। यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ। त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

मोटर बिमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ। त्यसमा ४१ करोड ५३ लाख ४४ हजार रुपैयाँ बराबरको दाबी रकम माग गरिएको छ। मोटर बिमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ।

त्यसमा २८ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको दाबी रकम माग भएको छ । सामुद्रिक बीमामा २३ वटा आवेदन परेको छ। त्यसमा चार करोड चार लाख ९७ हजार रुपैयाँ बराबरको रकम माग भएको छ।

पशुपन्छी बिमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ। कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा रु एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दाबी भएको छ।

विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ रुपैयाँ बराबरको माग दाबी भएको छ । प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ।

बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको बभुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ।

कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन