Menu

आजको मौसम

मधेस केन्द्रित दलहरूको कार्यदल बैठक आज

Author
News Feed |
January 13, 2025
Featured

काठमाडौँ –

मधेस केन्द्रित दलहरूको मोर्चा अथवा एकताका लागि वार्ता गर्न गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ ।

धुम्बाराहीको समर्पण एकेडेमीमा बस्ने बैठकमा जसपा नेपालको तर्फबाट कार्यदलका संयोजक रहेका उपाध्यक्ष राजकिशोर यादव, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, कार्यदलका सदस्य एवं महासचिव इस्तियाक राई, लोसपा नेपालको तर्फबाट कार्यदलका संयोजक एवं उपाध्यक्ष जितेन्द्र सोनल एवं कार्यदलका सदस्य समेत रहेका महासचिव डासुरेन्द्र झा, जनमत पार्टीका तर्फबाट कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष अब्दुल खान, कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा शरद यादव, जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल रहने बताइएको छ ।

सत्ताधारी दुई दल कांग्रेस र एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने तथा समानुपातिक प्रणाली हटाउन लागेको चर्चा बाहिर आएपछि मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् ।

उनीहरुले मोर्चा बनाएर सरकारको विरुद्धमा आन्दोलनमा जाने भनेका छन् । सबै दलले कार्यदल गठन गरिसकेका छन् । ती सबै कार्यदलहरूको पहिलो बैठक बस्ने भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन