Menu

आजको मौसम

प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगर बिरगंज द्वारा १०४ पोका रक्त संकलन

Author
News Feed |
December 26, 2024
Featured

वीरगन्ज-

प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्ट आदर्शनगर बिरगंज वडा नम्बर १० स्थित प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्टको सातौं वर्षको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथीमा नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष एवं समाजसेवी अशोक कुमार टेमानीको आतिथ्य तथा विशिष्ट अतिथिमा नेपाल औषधि ब्यवसायी संघका ताजुदिन अन्सारी,बिस्वराज गौतम,मुकेश जी,प्रमोद सराफ लगायतकाहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रम प्रकाश खण्डेलवालको अध्यक्षता सम्पन्न भएको थियो।

प्रमुख अतिथीले धुरुप चौधरीलाई ब्लडबैग दिई सुरुवात गरेका थिए।उक्त रक्तदान कार्यक्रममा ४ महिला सहित १०४ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए। सो रक्तदान कार्यक्रममा प्रीती पटेल,मङगिता कुमारी,खुश्बू गुप्ता,रश्मि श्रेष्ठ,संजय दास थारु,बडेलाल चौधरी,अजय कुमार चौधरी,बिजय चौधरी थारु,देवनारायण चौधरी,अमर कुमार गुप्ता,स्वागतम चौधरी,रन्जय कुमार गुप्ता,राजिव सिंह लगायतकाहरुले रक्तदान गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठि शाखाका युवा सन्योजक अभिलाष गुप्ता, रक्तसंचार बिरगंजका प्रमुख सौरभ राज पाण्डे,राजन श्रीवास्तव,लिलाधर साह समिर लगाएतकाहरुले प्राबिधिक सहयोग गरेका थिए

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन