Menu

आजको मौसम

बहुअरीमा टि २० क्रिकेट प्रतियोगिता शुरु: यूवा नेता सञ्जु साहले गरे उद्घाटन

Author
News Feed |
December 25, 2024
Featured

बारा-

बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा बुधबारदेखि बहुअरी टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । संरक्षण यूवा क्लवको आयोजनामा शुरू भएको प्रतियोगिताको समुद्घाटन जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष तथा गाउँपालिका प्रत्यासी यूवा नेता सञ्जु साहले गरेका छन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता साहले खेलाडीहरूको बिचमा रिबन काटेर प्रतियोगिताको समुद्घाटन गरे ।

प्रतियोगिताको सफलताको शुभकामना दिँदै नेता साहले पछिल्लो समयमा क्रिकेट प्रती खेलाडीहरूको उत्साह निकै बढेको बताए । उनले क्रिकेट खेलले राष्ट्रलाई एउटा नयाँ पहिचान दिलाउन सफल भएको हुनाले खेलाडीहरु प्रति स्थानीय सरकारको पनि लगानी हुन जरुरी रहेको बताए । प्रमुख अतिथी साहले यहाँको स्थानीय सरकार खेल प्रती खासै केही गर्न नसकेको हुनाले खेलाडीहरूलाई अगाडि बढ्नमा समस्या भएको बताए ।

उनले क्रिकेट खेलसंगै अरु अतिरिक्त क्रियाकलापहरुमा पनि स्थानीय सरकारलाई लगानी गर्न आग्रह गरे । साथै उनले आफु सधैं खेलाडीहरूको विकासमा साथ र सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रमका विशिष्ट अतिथी वडा नं ५ का प्रत्यासी यूवा नेता योगेन्द्र पटेलले क्रिकेट एउटा जेन्टलमैन खेल भएको हुनाले आफु सधैं खेलाडीहरूको सपोर्ट गर्न तयार रहेको बताए । उनले वडा स्तरमा पनि क्रिकेट खेलको विकास हुन आवशयक रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथी अधिवक्ता त्रिलोक प्रताप सिंहले खेलकुदले पनि मानिसले आफ्नो अलग पहिचान बनाउन सक्ने हुनाले यसको छुट्टै महत्व रहेको बताए । उनले वडा स्तरमा यूवा खेलाडीहरु खेलमा अगाडि बढुन भन्ने शुभकामना दिए ।

कार्यक्रममा स्वच्छ समाज यूवा क्लवका उपाध्यक्ष उमेश साह, वरिष्ट सलाहकार तथा प्रध्यापक सरोज कुमार यादव, यूवा नेता सन्दिप यादव, टैईकानडोका प्रशिक्षक भिखारी साह, खेल प्रेमी राहुल साह, क्लबका सदस्य प्रमोद यादव, कृष्ण गुप्ता, मण्टु गुप्ता, समाजसेवी सुनेश पटेल, खेलकुद कमिटीका सदस्य आकाश पटेल, रोहन पटेल, अमित पटेल, राहुल पटेल , स्थानीय खेलाडी , समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रोहन साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चारकर्मी आनन्द पटेलले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन