Menu

आजको मौसम

एमनेष्टी ईन्टरनेशनल ग्रुप बीरगंजद्वारा मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Author
News Feed |
December 27, 2024
Featured

वीरगन्ज –

एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ बीरगंजद्वारा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

साउथ सिटी हिमाल नर्सिङ हस्पिटल, बीरगंज मा आयोजित मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायले दिप प्रज्वलित गरि उद्धघाटन गर्नु भएको थियो।

कार्यक्रम मा एमनेष्टी का पुर्व अध्यक्ष राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै एमनेष्टीको ईतिहास को बारेमा व्याख्या गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि उपाध्यायले संयुक्त राष्ट्र संघद्वारा १० डिसेम्बर १९४८ मा पारित मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र तथा मौलिक अधिकारको बारेमा आफ्नो विचार राख्दै एमनेष्टी ईन्टरनेशनलको भुमिका बारे आफ्नोे मनतव्य राख्नु भएको थियो।

कार्यक्रममा समाज सेवी प्रेम शंकर सिंह, एमनेष्टी का सचिव एवं प्रशिक्षक रजनिस झा, हिमाल नर्सिङ का प्रिन्सिपल समेत करिब १०० जना प्रशिक्षार्थि विद्यार्थीहरूको उपस्थिती रहेको थियो। कार्यक्रम को संचालन एमनेष्टी ग्रुपको उपाध्यक्ष संगीता पटेलले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन