Menu

आजको मौसम

भारत- नेपनाल सीमा सूरक्षा अधिकारीहरुको बैठक सम्पन्न

Author
News Feed |
December 28, 2024
Featured

पर्सा-

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (SSB) बीच नियमित रुपमा हुँदै आईरहेको समन्वयात्मक बैठकको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा (DIG Level Counterparts Co– ordination Meeting) शुक्रवार सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल (SSB) बीच नियमित रुपमा हुने म्क्ष्न् स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको छ । उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बल (SSB) को सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दिपक कुमार IPS¸ Sector Headquarters Purnea का सेक्टर कमाण्डर डिआईजी राजेश टिक्कु र Sector Headquarters Bettiah का सेक्टर कमाण्डर डिआईजी एस. सुब्रमनियम को उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपालका गणपतिहरु , निमित्त गणपतिहरु लगायतका अधिकृतहरुको उपस्थिति रहेको थियो भने SSB का बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको थियो। बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण, सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने नं.२ बाहिनीले जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन