Menu

आजको मौसम

विज्ञापनको रकम भुक्तानी गर्न वीरगन्ज महानगरपालिकाका लाई पत्रकार महासंघको ध्यानाकर्षण

Author
News Feed |
December 22, 2024
Featured

वीरगन्ज –

नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई लोककल्याणकारी विज्ञापन भुक्तानी रोकिएको विषयमा ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेका छन्।

वीरगन्ज महानगरपालिकाले स्थानीय सञ्चारमाध्यमहरूलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी विगत लामो समयदेखि रोक्का गरेको छ। साथै, विभिन्न सामयिक पत्रपत्रिकालाई यस्तो विज्ञापनबारे अवगत नगराइएकोले स्थानीय सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेका छन्।

महानगरले देशकै पहिलो आमसञ्चार सम्बन्धी कानून लागू गरेको पालिका भएर पनि त्यसको प्रभावकारी कार्यान्वयनमा देखिएको शिथिलता सन्देहको विषय बनेको छ। यसका साथै, हालको आर्थिक शिथिलताका कारण सञ्चारमाध्यमहरूले झनै थप समस्या भोग्नुपरेको छ।

ज्येष्ठ पत्रकारहरूको पेन्सनमा पनि ढिलाइ
ज्येष्ठ पत्रकारहरूको पेन्सनको लागि महानगरले घोषणा गरेको सहुलियत कार्यान्वयनमा समेत अनपेक्षित ढिलाइ भएको पत्रकार चौहानले जानकारी गराए। उनले रोकिएको लोककल्याणकारी विज्ञापनको भुक्तानी तुरुन्त गर्न, सप्ताहिक तथा अन्य पत्रपत्रिकालाई विकास सूचीमा समावेश गर्न र पत्रकारहरूको लागि घोषणा गरिएको सहुलियत कार्यान्वयनको माग गरेका छन्।

वीरगन्ज महानगरपालिकाबाट स्थानीय सञ्चारमाध्यमका लागि प्रदान गरिने सहयोग रोकिँदा सञ्चार क्षेत्र थप संकटमा परेको छ। यसले पत्रकारहरूलाई आफ्नो दायित्व पूरा गर्न कठिन बनाइरहेको भन्दै पत्रकार महासंघले तत्काल समाधानका लागि आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन