Menu

आजको मौसम

देशमा लोकतन्त्रको आवरणमा ब्रम्हलुट मच्चियो : कमल थापा

Author
News Feed |
December 29, 2024
Featured

काठमाडौँ –

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक महाशक्ति राष्ट्रको रणनीतिक क्रिडास्थल बन्ने खतरा रहेको टिप्पणी गरेका छन्।

पूर्वराजा वीरेन्द्र शाहको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठीमा बोल्दै थापाले देशको सबै क्षेत्र लथालिंग र भताभुंग भएको दुरावस्थाको फाइदा उठाउँदै विदेशी दबाब र प्रभाव बढ्न थालेको गुनासो गरे।

लोकतन्त्रको आवरणमा ब्रम्हलुट भइरहेको चर्चा गर्दै थापाले आर्थिक संकट, भ्रष्टाचार, वेरोजगारी, धर्म परिवर्तन लगायतको विषय अहिलेको डरलाग्दो महारोग बनेको समेत बताए। राष्ट्रवादी शक्ति एकजुट भएर व्यवस्था र अवस्था बदल्न लाग्नुपर्नेमा उनको जोड थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन