Menu

आजको मौसम

दुई करोडको चिनियाँ कस्मेटिक र हार्डवेयरका सामानसहित दुई तस्कर पक्राउ ,रक्सौल भन्सार सहयोगी विरुद्ध गम्भीर आरोप

Author
News Feed |
December 26, 2024
Featured

रक्सौल/ गणेश शंकर

रक्सौल रेलवे सुरक्षा बल (आरपीएफ) र रक्सौल प्रहरी चौकीले संयुक्त रूपमा छापा मारेर नेपाल–बिहार सीमामा रहेको रक्सौलबाट दुई करोड रुपैयाँ बराबरको चिनियाँ कस्मेटिक तथा हार्डवेयरका सामानसहित दुई तस्करलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको छ ।रक्सौल नाकाबाट यतिबेला चिनियाँ सामानको अवैध तस्करी ठूलो मात्रामा भइरहेको छ ।

नेपाल हुँदै रक्सौल स्टेसनबाट पार्सलमार्फत चिनियाँ ई–चुरोट, सौन्दर्य प्रसाधन र हार्डवेयरका सामानहरु अवैध रुपमा देशका विभिन्न स्थानमा पठाइँदै आएको छ ।

रेलवे सुरक्षा बल रक्सौल स्टेसनका स्टेशन प्रमुख ऋतुराज कश्यपले भने कि केही व्यक्ति पार्सल बुकिङका लागि स्टेशनमा आएका थिए तर बुकिङ नभएको भन्दै शिवकुमारको घरमा छापा मारिएको थियो रक्सौल नगरपालिकाको नागा रोडमा रहेका अजय कुमारले अरुको घरमा सामान लुकाएर राख्दा खोजीका क्रममा चाइनिज कस्मेटिक्स (क्रिम पाउडर, काजल आदि) बरामद भएको हो । धेरै बोरामा हार्डवेयर (लक, लच) भरेर रेल पार्सलमार्फत भारतका विभिन्न ठाउँमा पठाउने तयारी भइरहेको थियो । यस घटनामा तस्कर रिजवान आलम, बुबा महेमद जमीर गान्धी नगर वडा ९, नगर परिषद रक्सौल र सञ्जय पटेल, बुबा लचन राउत सिसवा, वडा ६, रक्सौललाई पक्राउ गरिएको छ।

रेलवे सुरक्षा बल स्टेसन प्रमुख ऋतुराज कश्यपले रक्सौल भन्सारका चालकको सहयोगमा चिनियाँ उत्पादित सामान नेपाल हुँदै रक्सौलमा भण्डारण गरी सहकर्मीको सहयोगमा बिक्री गर्ने गरेको स्पष्ट बताए ।

एक साताअघि पनि रक्सौल भन्सारले रक्सौलबाट आनन्दविहार जाने सत्याग्रह एक्सप्रेसको पार्सलबाट रक्सौल स्टेसनबाट २ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ ई–चुरोट बरामद गरेको थियो, जसका कारण भन्सार र रेलवे प्रशासनलाई कारबाही गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन