Menu

आजको मौसम

मधेस प्रदेश सभा तत्काल सञ्चालन गर्न जसपा, नेपालको माग

Author
News Feed |
December 29, 2024
Featured

काठमाडौँ –
जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभा तत्काल सञ्चालनको लागि दबाब सिर्जना गर्ने भएको छ ।
जसपाले मधेस प्रदेश सरकारले लामो समयदेखि प्रदेश सभा सञ्चालन नगरेको भन्दै मधेस प्रदेश सभा तत्काल सञ्चालनको लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो । आइतवार बसेको जसपाको मधेस प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलका नेता लालबाबु राउतले बताए ।
उनले लामो समयदेखि प्रदेश सभा बैठक बस्न नसकेको कारण विकास निर्माणदेखि समसामयिक विषय लगायत स्थगित विकास निर्माणका कार्यहरु सम्बन्धमा सदनमा छलफल बहस नितान्त आवश्यक रहेको बताए ।उनले तर मधेस प्रदेश सरकारले लामो समयसम्म सदन राख्न नसकेकाले जसपाले सरकारमा सहभागी विभिन्न राजनीतिक दलहरुको ध्यान आकृष्ट गराउने निर्णय गरेको बताए । उनले  आर्थिक वर्ष २०८१्०८२ को बजेटमा राखिएका विभिन विकास निर्माणका योजनाहरु हालसम्म सञ्चालन हुन नसकेकाले जनप्रतिनिधिहरूमा निराशा देखिएको बताए ।
उनले सरकारले विनियोजन बजेट अविलम्व सञ्चालन गर्न मधेस प्रदेश सरकारलाई दबाब सिर्जना गर्ने निर्णय गरिएको उल्लेख गरे । उनले सांसद साहिदा खातुनमाथि भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै दोषी लाई अविलम्व नियन्त्रणमा लिई कानूनी कारवाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको उल्लेख गरे । प्रदेश सरकारले प्रदेशको बद्नाम गर्नेगरी विकास आयोजनाहरु समेत अगाडि नबढाएको जिकिर गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन