Menu

आजको मौसम

वीरगंज उद्योग वाणिज्य संघद्धारा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई सम्मान

Author
News Feed |
December 27, 2024
Featured

वीरगंज –

वीरगंज उद्योग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घका निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मानित गरेको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनमा केन्द्र,प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई सङ्घमा आज कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष  हरि गौतम, अर्का उपाध्यक्ष माधव राजपालले नेपाल पत्रकार महासङ्घको सप्पन्न निर्वाचनमा विजय भएका पदाधिकारी लाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले अहिके देशको आर्थिक अवस्था थिचिएको बेला सरकारले हाम्रो सुझाव लाई समेत समेटेर अघि बढ्नु पर्ने बताएका छन । अहिले उद्योगहरु लोड सेडिङ मार मा पर्दै गएको छ । देश बिधुतमा आत्मनिर्भर भएपनी सरकारले उपयोग गर्न नसकेर लोड सेडिङको मार झेल्नु परेको बताएका छ । त्यस्तै उनले आउने दिन मा पत्रकारको वृत्ति विकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । हाम्रो पनि दुख बेतिथी लाई समाचार मार्फत सरकार समक्ष राखदिनि हुन्छ भने अपेक्षा आफुले लिएको बताए ।

कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवाल ले कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव (मधेसी) अशोक तिवारी तथा राष्ट्रिय पार्षद लालबाबु  शेख पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश खनाल लाई फुलमाला र अबिर लगाई सम्मान गर्नुभएको हो भने अन्य निर्वाचित पदाधिकारीहरु लाई संघका वरिष्ठ उपाध्यक्ष हरि पन्त तथा उपाध्यक्ष माधव राजपाल  दुवै ले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनमा निर्वाचित केन्द्रिय पार्षद लाल बाबू शेख ,बिजय कुशवाहा, राघव साह , मधेस प्रदेश सचिव दिपक गौतम , प्रदेश पार्षद शिव शंकर साह , पर्सा शाखा उपाध्यक्ष (महिला) निलिमा पौडेल , , सहसचिव एस के चौरसिया , सहसचिव  अजय चौरसिया,  सदस्यहरु आरोहण शाह , राहुल गुप्ता , प्रमोद यादव , प्रकाश तिवारी लगायत  सदस्यलाई फुलमाला र अबिर लगाई  सम्मान गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन