Menu

आजको मौसम

लर्डस् दियालोको किग्ंस क्यासिनोमा पप्लु, मैरिज खेल एउटा टेबुल सञ्चालन गर्न ७९ लाख धरौटी

Author
News Feed |
December 28, 2024
Featured

वीरगन्ज।

तराई–मधेशमा सञ्चालनमा रहेका मिनी क्यासिनोहरुमा अपराधिक गतिविधि बढ्दै गएको छ । मिनी क्यासिनोले मेसिनबाट गेम खेलाउन मात्र पाउने प्रावधान रहे पनि स्थानीय प्रहरी–प्रशासनको सेटिङ मिलाएर ठूला क्यासिनोमा झैँ जुवा खेलाउने गरिएको छ ।

वीरगन्जको लर्डस् दियालो क्यासिनोमा इजाजत लिएको बाहेक तासबाट जुवा खेलाइने गरिएको पाइएको छ ।
जुवा खेलाइने तास भारतबाट आयात गरेको लर्डस् दियोलोले तास खेलाउने टेबुलहरु भाडामा लगाएको छ । नेपालमा दुई किसिमको क्यासिनो छ ।

पहिलो, पाँचतारे होटलमा सञ्चालित ठूला क्यासिनो छ । त्यहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनोहरु छन् । जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको नियम विपरीत वीरगन्जको लर्डस् दियालोमा रहेको किग्ंस क्यासिनो तास जुवाको टेबुलहरु सञ्चालन गरिरहेको छ ।

सविधान सभासदस्य समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको होटल लर्डस् दियालोमा सञ्चालित क्यासिनो सरकारी पहुँच र स्थानिय प्रशासनको सहयोगमा खुलेआम तास जुवा खेलाइने गरिएको छ ।किग्ंस क्यासिनो मिनी क्यासिनोको इजाजत लिएपछि फ्लास, पप्लु मैरेज जस्ता तास जुवाका टेबुलहरु सञ्चालन गरिएको छ । ७९ लाख रुपैयाँ धरौटीमा किग्ंस क्यासिनो सञ्चालनको इजाजत प्राप्त दियालो गेमिङ्ग प्रालि स्थानीय जितपुर सिमराका एक व्यक्तिलाई पप्लुको टेबुल संचालन गर्न सम्झौता गरेको छ ।

दियालो गेमिङ्गको तर्फबाट सुजन केसी र पप्लुको टेबुल सञ्चालन गर्ने दोश्रो पक्षको तर्फबाट जितपुर सिमरा उपमहानगरपालिका– ७ का अजित कुमार गुप्ता छन् ।किंग्स मिनी क्यासिनोमा सञ्चालन हुने पप्लु र मैरिज दुई टेबुलमध्ये पप्लुको टेबुलबाट प्रत्येक रात्रि गेमबाट हुने आम्दानी रकम मध्ये ३० प्रतिशत दियालो गेमिङ्गलाई दिने सर्त सम्झोता पत्रमा उल्लेख छ ।

सम्झौता सम्बन्धमा क्यासिनो सञ्चालकसित सम्पर्क गर्दा कुनै प्रकारको कार्य नभएको दाबी गरेका छन् ।भारतीय ग्राहकलाई लक्षित गरी मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरुको समेत भीड लाग्ने गरेको छ । त्यसबाट कयौं नेपाली परिवारको विचल्लीको अवस्था छ ।किग्ंस क्यासिनोले संचालन गरको तास जुवाबाट वीरगन्जका कतिपय करोडपति व्यापारी युवाहरु सडकमा आएका छन् ।

किंग्स क्यासिनोमै मैरिज ,पप्लु र फलासको जुवाबाट वीरगन्ज माइस्थानका रौनियार थरका कपडा व्यापारी घर न घाटका बनेका छन् । सिमरा जितपुरमा रहेका धनाढ्य गुप्ता, गिरिलगायतवीरगन्जका अग्रवाल थरका औषधि व्यवसायी क्यासिनोको पप्लु मैरिजको रेगुलर खेलाडी रहेको बताइन्छ ।क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्तापुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रुपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । तर क्यासिनोहरुले सो मापदण्ड मानेका छैनन् ।

वीरगन्जको अधिकांश मिनी क्यासिनोहरु सरकारी नियमलाई बेवास्ता गर्दै खुलेआम जुवातास सञ्चालन गर्नुका साथै समय समयमा भारतबाट नर्तकी समेत ल्याएर नचाउने देखि देह व्यापार र लक्की ड्रा संचालन समेत गर्ने आरोप लाग्ने गरेको छ ।वीरगन्जको आदर्श नगरमा रहेको लर्डस् दियालो होटलमा सञ्चालित किग्ंस क्यासिनो भारतको सीमाबाट ५ किलोमिटर भन्दा नजिकै रहेको छ ।सो क्यासिनोले भारतीय ग्राहक ओसारपसारको लागि सञ्चालन गरेको भारतीय नम्बरको गाडी समेत सेटिंगमै चलेको एकजना कर्मचारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।क्यासिनोहरुले अवैध रुपमा भारतीय नम्बरको गाडी प्रयोग गर्दा पनि प्रशासन मुकदर्शक बन्ने गरेको छ ।

एकातर्फ मापदण्ड विपरीत क्यासिनो सञ्चालन हुने र अर्काेतर्फ भारतीय ग्राहकबाट आम्दानी हुने भारतीय रुपैयाँको हुण्डी कारोबारसंगै नेपालीहरुलाई खुलेआम प्रवेश दिने गरिएको छ ।सभार-जनकपुर टुडे

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन