Menu

आजको मौसम

आजपाका स्थाई कमिटी सदस्य द्वारा भारतका श्रम र रोजगार मन्त्री बिच सिस्टाचार भेटघाट

Author
News Feed |
December 31, 2024
Featured

पर्सा-

भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाका) स्थाई कमिटी सदस्य विजय यादव निर्विज तथा साजन जयसवाल भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री मा. बलवंतसिंह राजपूत बीच शिष्टाचार भेटघाट भएको छ।

गुजरातको राजधानी गुजरातस्थित मन्त्रीको कार्यालय भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास सम्बन्धलाई प्रगाढ़ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोगलगायतका विषयमा कुराकानी भएको थियो। भेटघाटमा सहभागी आम जनता पार्टीका विदेश विभागका प्रमुख समेत रहेका जयसवालले बताए।

भेटघाटमा ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मंत्री मा. बलवंतसिंह राजपूतले नेपालका पूर्व मंत्री प्रभु साहको नेतृत्वको आम जनता पार्टीले अपनाएको बिचारधाराको सराहना गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता गरे ।

नेपालका बिभिन्न ठाउबाट मुंबई , नयाँ दिल्ली, लगायतका सहरहरूमा काम गर्ने नेपालीहरुको सम्मान एवं सुरक्षाको लागी आजपा अध्यक्ष मा. प्रभु साह प्रमुखको उपस्थितिमा चाडै बृहत् भेलाले गर्ने स्थाई कमिटी सदस्य पूर्व मन्त्री प्रभु साहको स्वकिय सचिव समेत रहेका विजय यादव निर्विजले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन