Menu

आजको मौसम

बहदुरमाई नगरपालिकाको घटनाका दोषीलाई कारवाही गर्न मेयर तेलीको आग्रह

Author
News Feed |
December 23, 2024
Featured

पर्सा- 

पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन सा तेलीले नगरपालिकामा भएको तोडफोड र आगजनीको घटनाका दोषीलाई कारवाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।

पत्रकार महासंघ पर्साको सभाकक्षमा आज पत्रकार सम्मेलन गर्दै उहाँले बहुदरमाई नगरपालिकामा नगरपालिकालाई बदनाम गर्ने काम मात्रै भएको बताउदै प्रतिकूल अवस्थाको सृजना गरेको आरोप लगाउनु भएको छ ।

नगरपालिकामा वितरण गरिने सामाजिक सुरक्षा भत्ताको नगरपरिषदसँग कुनै सम्बन्ध नै नरहेको बताउदै उहाँले त्यसलाई लिएर नगरपालिकालाई बदनाम गरेको जिकिर गर्नुभएको छ । तर, सामाजिक सुरक्षा भत्ता कार्तिक ८ गते नगरसभा हुनुभन्दा पहिले नै वितरण भईसकेको देखिएको छ ।

नगरपालिकाका कर्मचारीहरुलाई उक्साएर आन्दोलन गराउने प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाको गतिविधिले गर्दा अख्तियारी नदिएको बताउनु भएको छ ।

नगरपालिका अन्तर्गत १८ वटा विद्यालय रहेकोमा १७ वटा विद्यालय सञ्चालनमा रहेको बताउदै डकैला बहुअरीको एउटा विद्यालयका शिक्षकहरु राजनीति गरेर विद्यार्थीहरुलाई उक्साएको मेयर तेलीको आरोप छ । कहीबाट सञ्चालित तत्वहरुले नगरपालिकालाई बदनाम गर्ने षड्यन्त्र गरेको मेयर तेलीको भनाई छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन