Menu

आजको मौसम

धनुषामा हत्या गरेर गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान् पक्राउ

Author
News Feed |
December 25, 2024
Featured

जनकपुरधाम –

धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

बुधबार राति मिथिला नगरपालिका-३ हरिहरपुरस्थित मुसहरी टोलमा ४८ वर्षीय रेशमीदेवीको शव फेला परेको हो। उनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

हत्याको आरोपमा रेशमीदेवीका श्रीमान् दशैया मुखिया बिन पक्राउ परका इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

मंगलबारदेखि हराइरहेकी रेशमीदेवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको स्थानीयले बताएका छन्।

घटनास्थलमा प्रहरी पुगी प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। रेशमीदेवीलाई उनकै श्रीमान् दशैयाले हत्या गरेर गाडेको आशंकापछि अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन