Menu

आजको मौसम

सर्लाहीमा यात्रुबाहक बसले ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

Author
News Feed |
December 31, 2024
Featured

सर्लाही-

सर्लाहीमा यात्रुबाहक बसले ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ।

छतौनाबाट काठमाडौँतर्फ जान लागेको यात्रुबाहक बसले सर्लाहीको छतौना बिओपिका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ४० वर्षीय बिजयकुमार तुलाधरलाई ठक्कर दिएपछि ज्यान गएको हो।

हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ९ स्थित सशस्त्र प्रहरिको छतौना बिओपि अगाडि गएअ राति ८:३० बजेको समयमा बा-प्रदेश-०१००६ख २००४ नम्बरको राजदेवी बसले ठक्कर दिँदा सप्रनि तुलाधर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका सप्रनी तुलाधरलाई उपचारका लागि सर्लाहीको मलङगवास्थित सरकारी अस्पतालमा ल्याउँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रबिन्द्रबहादुर सिंहले बताए।

रक्सी सेवन गरेर सहचालकले तीव्र गतिमा बस चलाउँदा सन्तुलन गुमाएर डिउटिमा खटिएका सप्रनि तुलाधरलाई ठक्कर हानी सशस्त्र बिओपी अगाडि नै बस पल्टिएको सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख एसपि बिनोद खनालले बताए।

मृतक सप्रनी तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। बसका सहचालक र अन्य सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गापा १ का २२ वर्षीय विकासकुमार बैठा, बलरा नपा १० का १९ वर्षीय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाही प्रहरिले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन