Menu

आजको मौसम

अन्तरविद्यालय फुटबल प्रतियोगितामा मुनलाइट स्कुल बिजय

Author
News Feed |
December 28, 2024
Featured

वीरगन्ज-

वीरगन्जस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिताको आज फाईनल खेल सम्पन्न भएको छ ।

सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी छन् । स्कुलले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको र त्यसैको निरन्तरतास्वरुप तेस्रो संस्करण गर्न थालिएको हो ।

आजको खेलमा मुनलाइट स्कुल र लिटिल फ्लावर स्कुल बीच खेल भएको थियोे। उक्त खेलमा मुन लाइट स्कुलले लिटिल फ्लावर स्कुललाई ७–१ को अन्तरले पराजित गरेको छ ।
उक्त खेलको म्यान अफ दि म्याच मुनलाइट स्कुलका जर्सी नम्बर ९ का सुरेश मुखिया घोषित भएका थिए भने मुनलाइट स्कुलका पहिलो स्थान हासिल गर्न सफल भएका थिए। उनलाई १५ हजार रुपैया र ट्रफि एवम् मेडल सहित सम्मान गरिएको थियो।

खेलमा  लिटिल फ्लावर स्कुल दोस्रो स्थानमा भए उनका टिम मेम्बर लाई १० हजार रुपैया र ट्रफि एवम् मेडल सहित सम्मान गरिएको थियो।

उक्त खेलमा बिरगंजका डि.ए.भी., ज्ञान्दा एकेडमी ,साउथ जोन, मनकामना स्कुल, कादम्बरी एकेडमी, डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति, लिटिल फ्लावर,मालिनी एकेडमी,मेरी गोल्ड स्कुल,काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि युवा नेता रहबर अन्सारीको आतिथ्यमा सम्पन्न भएको हो। डाक्टर बिजय अग्रवाल ,केडिया परिवार सुनिल केडिया,सन्दिप केडिया,सौरभ केडिया,दिनेश बन्का, प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान ,उपाध्यक्ष शिवजी गुप्ता ,सुलभ केसी लगायत विभिन्न बिध्यालयका प्रिन्सिपलहरुको उल्लेखनीय सहभागी रहेको थियो ।उक्त कार्यक्रममा संचारकर्मी अभिलाष गुप्ता,राज सराफको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मनतब्य बिधालयका प्रिन्सिपल राकेश मिश्रले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन