Menu

आजको मौसम

साउदीबाट आएका अर्का एक नेपालीमा एमपक्स पुष्टि

Author
News Feed |
December 29, 2024
Featured

काठमाडौं- 
साउदी अरबबाट आएका अर्काे एक नेपालीमा एमपक्स पुष्टि भएको छ। एमपक्सको आशंकामा गरिएकव पीसीआर जाँचमा  ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको हो।
जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार उनको पीसीआर जाँच गरिएको हो। उक्त जाँचमा उनलाई एमपक्स पुष्टि भएर उपचार थालिएको बताइएको छ।
उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। यसअघि पनि साउदैबाटै एकजनामा एमपक्स देखिएको थियो।
टेकुमै उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार भएको छ। केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ।
नेपालमा एमपक्सको यो तेस्रो केस हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन