Menu

आजको मौसम

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम एतिहासिक बनाउने , ५ हजार नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने: एमाले पर्सा

Author
News Feed |
December 28, 2024
Featured

पर्सा- 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भोली आईतबार हुने वृहत पार्टी प्रवेश कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले पार्टी प्रवेशको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । बिहान ११ बजे हुने पार्टी प्रवेश कार्यक्रममा करिब २५ हजारको उपस्थिती हुने र ५ हजार नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।

मञ्च व्यवस्थापन, शान्ति सुरक्षा लगायतको तयारी पनि सम्पन्न भएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले जानकारी दिए । यादवले भोली हुने कार्यक्रमलाई एतिहासिक बनाउन पर्सा जिल्ला कमिटी र मधेश प्रदेश कमिटी जोडतोडले लागि परेको बताए ।

नेकपा एमाले मधेश प्रदेशका ईन्र्चाज लिला श्रेष्ठले प्रधानमन्त्रीको उपस्थितीमा हुने कार्यक्रमलाई भव्य रुपमा सफल पार्न बारा पर्साका सम्पुर्ण पालिकाबाट कार्यकर्ता उपस्थिती हुने दावी गरे । पत्रकार सम्मेलनमा ईन्र्चाज श्रेष्ठले केपी ओली नेतृत्वको सरकारले गरेको राष्ट्रिय गौरवका योजनाहरुको बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल,उपाध्यक्ष बिचारी यादव,सांसद प्रुभ हजरा,निर्मला देवकोटा ,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा लगायतको उपस्थिती थियो ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न कार्यक्रम प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन