Menu

आजको मौसम

पोखरिया मा नापी तथा मालपोत क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्को निर्णय

Author
News Feed |
December 24, 2024
Featured

पर्सा-

पर्साको दोश्रो सदरमुकाम पोखरिया मा नापी तथा मालपोत क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

पर्सा जिल्लामा जनसंख्याको चाप, सेवाको अवस्था दुरी र समय लगायतका विषयलाई विश्लेषण गर्दै सेवा प्रवाहलाई छिटोछरितो, प्रभावकारी तथा नागरिक मैत्री बनाउन तत्कालका लागि नापी तथा मालपोत कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्न बैठकबाट निर्णय गरिएको संघिय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ताले आपलनो अधिकारिक समाजिक संजाल फेसबुक मार्फत जानकारी दिए ।

त्यसै गरी एमाले का प्रतिनिधि सभा सदस्य मा. प्रभु हजारले आफनो समर्थक गुपमा एक पोस्ट सोयर गर्दै प्रधान मन्त्री ओली लाई धन्यबाद दिदै लेख्छन् ,

सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यूको निर्देशन बमोजिम भूमि व्यवस्था,सहकारी तथा गरिबी मन्त्रालयको प्रस्तावमा आज मिति २०८१ पुष ९ गतेका दिन बसेको मन्त्रीपरिषदको बैठकले पर्सा जिल्लामा जनसंख्याको चाप,सेवाको अवस्था,दुरी र समय एवम् लागत समेतलाई विश्लेषण गर्दा सेवा प्रवाहलाई छिटो,छरितो नागरिक मैत्री बनाई समयमै सेवा उपलब्ध गराउन उद्देश्यको साथ पर्सा जिल्लाको पोखरिया मा नगरपालिकामा तत्काल को लागी मालपोत तथा नापी कार्यालय स्थापना गरि सेवा संचालन गर्ने निर्णय महत्वपूर्ण काममा एक भएको छ। बिगतको लामो समय देखिको प्रयासलाई आज सफल बनाउनु भएकोमा पार्टीका श्रद्धेय अध्यक्ष एवंम लोकप्रिय प्रधानमन्त्री केपि शर्मा ओली ज्यु र यो कार्यमा साथ सहयोग गर्नुभएका शुभचिन्तकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यो सराहनीय कार्यले सम्पुर्ण पर्सेली जनता हरसित भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन