Menu

आजको मौसम

समाजवादी विद्यार्थी युनियन नेपाल र युवा सघ नेपालले आज सयुक्तरुपमा पर्साका प्रजीअ मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाए

Author
News Feed |
December 23, 2024
Featured

पर्सा-

समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा र समाजवादी युवा संघ नेपाल पर्सा जिल्ला समितिले आज  ज्ञापनपत्र बुझाएका छ्न  ।

युनियन नेपाल र युवा सघ नेपालले आज सयुक्तरुपमा पर्साका प्रजीअ मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन ।

नेपाल प्रिमियर लिग (NPL) मा जनकपुर बोल्ट्स को ऐतिहासिक जीतपछि काठमाडौँमा मधेशी समुदायमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा र समाजवादी युवा संघ नेपाल पर्सा जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय, पर्सा मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

मधेशी समुदायमाथि भएको दुर्व्यवहारको गहिरो छानबिन गरी दोषीहरूमाथि तत्काल कानुनी कारबाही गरियोस् , यस्ता घटनाहरू पुनः नदोहोरियोस् भन्ने सुनिश्चित गर्न ठोस नीति अपनाइयोस्, पीडितहरूको उचित सुरक्षा र न्यायको ग्यारेन्टी गरियोस्,खेलकुदलाई जातीय विभेदको माध्यम बनाइनु अत्यन्त निन्दनीय भएको भन्दै यस्तो घटनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई गम्भीर असर पुर्‍याउने चेतावनीसमेत दिएको छ ।

समाजवादी विद्यार्थी युनियन र युवा संघले यस्ता घटनाविरुद्ध सशक्त रूपमा आवाज उठाउँदै कानुनी कारबाही सुनिश्चित नभएसम्म निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सयुक्तरुपमा बुझाइएको ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुझेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन