Menu

आजको मौसम

पर्सा –बारा औद्योगिक कोरिडोरमा दैनिक ४ घण्टा विद्युत् कटौती

Author
News Feed |
December 22, 2024
Featured

पर्सा-

नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा पर्सा–बारा औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् । प्राधिकरणले मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेपछि औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’ भएको हो । प्राधिकरणले अहिले साँझको ५ देखि ९ बजेसम्मको ‘पिकआवर’मा औद्योगिक कोरिडोर क्षेत्रमा विद्युत् कटौती गर्दै आइरहेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले प्राधिकरणले विद्युत् कटौती गरेसँगै कोरिडोरका उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेको बताए ।

‘पछिल्लो एक महिनादेखि नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग प्रतिष्ठानमा विनासूचना विद्युत् कटौती गर्दै आएको छ,’ उनले भने, ‘पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेका छन् ।’

यसैबीच, संघले आइतबार प्रेस विज्ञप्ति जारी गरेर अघोषित लोडसेडिङका कारणले उद्योगधन्दा सञ्चालनमा अप्ठेरो परेको जनाएको छ ।

‘विद्युत् कटौतीको बेला डिजेल प्लान्टबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएका छन् । त्यस्तै साना उद्योगहरुले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

संघले पर्सा-बारा औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४र१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रनाका साथै कच्चापदार्थ नोक्सान भएको जनाएको छ । अध्यक्ष अग्रवालले विद्युत्को समस्यालाई तत्कालै सम्बोधन गर्न प्राधिकरणसँग माग गरे ।

‘हिउँदे याममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आएकाले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ अध्यक्ष अग्रवालले भने, ‘अहिले औद्योगिक कोरिडोरमा भएको लोडसेडिङको समस्यालाई तत्कालै समाधान गर्न वैकल्पिक व्यवस्था गर्न माग गर्दछौँ ।’

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले साँझको पिकआवरको समयमा केही समय विद्युत् कटौती हुँदै आएको जानकारी दिए । ‘साँझको पिकआवरको समयमा दुईरचार घण्टा विद्युत् कटौती हुँदै आएको छ,’ उनले भने, ‘हामीले सकेसम्म विद्युत् कटौतीको समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ ।’

पर्सा–बारा औद्योगिक कोरिडोरमा गर्मीयाममा दैनिक तीन सय मेगावाट विद्युत्को माग हुने गर्छ । तर अहिले घरासयी ग्राहकको विद्युत्को माग घटे पनि औद्योगिक क्षेत्रमा केही समयका लागि कटौती गर्नुपर्ने बाध्यता छ । अहिले यो कोरिडोरमा दैनिक दुई सय मेगावाट विद्युत्को माग छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन