Menu

आजको मौसम

पर्साका १४ वटै पालिकाको बेवसाइट डाउन

Author
News Feed |
December 27, 2024
Featured

वीरगन्ज –

पर्सा जिल्लाका सबै पालिकाका बेवसाइट अवरुद्ध बनेका छन् । जिल्लाका १४ वटै पालिकाका सरकारी बेवसाइटहरु एकैसाथ अवरुद्ध बनेका हुन् ।

‘जीओभी डट एनपी’ डोमेनमा समस्या आउँदा यहाँका सबै वेबसाइट डाउन भएका हुन् । यो समाचार तयार पार्दासम्म यहाँका हरेक पालिकाका बेवसाइटहरु खोल्दा ‘दिस साइट कान्ट बि रिचर्ड’ भनिएको छ । हिजोदेखि नै यी स्थानीय तहका बेवसाइटहरुमा यहि समस्या छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सर्भरमा ह्याकरले आक्रमण गर्दा सरकारी बेवसाइटमा समस्या आएको हो । यसलाई समाधान गर्न प्राविधिक टोली खटिएका केन्द्रले जनाएको छ ।

यता बेवसाइट नै बन्द हुँदा पालिकाहरुको कामकारबाहीमा असर पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

Contact Form

Name

Email *

Message *

विज्ञापन