Menu

आजको मौसम

प्रकृति लम्सालको अन्तिम संस्कार सम्पन्न

Author
News Feed |
February 19, 2025
Featured

काठमाडौं—

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) को छात्रावासमा मृत भेटिएकी भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको अन्तिम संस्कार बुधबार राति भैरहवास्थित स्वर्गद्वारीघाटमा सम्पन्न भएको छ।

लम्सालको शव बुधबार साँझ भारतबाट भैरहवा ल्याइएपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पतालको शव गृहमा राखिएको थियो। उनका बुबा सुनिल लम्साल आएपछि शवलाई अस्पतालबाट घर ल्याइयो र केही समय राखिएको थियो। मध्यराति लम्सालको अन्तिम संस्कार गरियो।

अन्तिम संस्कारमा भैरहवावासीहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो। लम्साल KIIT मा स्नातक अन्तिम वर्षमा अध्ययनरत थिइन्। उनको शव कलेजको छात्रावासमा फेला परेपछि यो घटनाले स्थानीय तथा भारतीय समुदायमा दुःख र आघात छाडेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

विज्ञापन