Menu

आजको मौसम

राजाको सन्देशलाई स्वागत गर्छौं, यो आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छ– राजेन्द्र लिङदेन

Author
News Feed |
February 19, 2025
Featured

काठमाडौं—

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पु¥याएको बताउनुभएको छ ।

बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित  कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको बताउनु भयो । उहाँले राप्रापाले राजसंस्थाको पुर्नस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने समेत बताउनु भयो । उहाँले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गर्नुभयो ।

उहाँले पूर्वराजाको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्ने समेत स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

विज्ञापन