Menu

आजको मौसम

वीरगन्जमा नेविसंघले प्रकृति लम्सालको न्यायको माग गदै गर्यो बिरोध तथा दबाव कार्यक्रम

Author
News Feed |
February 18, 2025
Featured

वीरगन्ज-

भारतको ओडिसा राज्यको कीट युनिभर्सिटीमा अध्ययनरत प्रकृति लम्सालको न्यायको माग राख्ने उद्देश्यले नेविसंघले बिरोध तथा दबाव कार्यक्रम आयोजना गरेको छ। आदर्शनगर स्थित ठाकुर रामबहुमुखि क्याम्पसको मुलगेट अगाडि बिरोध तथा दबाव कार्यक्रम आयोजना गरेको हो ।

नेविसंघका अध्यक्ष मुनराज तिवारीको नेतृत्वमा सम्पन्न यस कार्यक्रममा नेविसंघका विद्यार्थीहरूसहित ठाकुर रामबहुमुखि क्याम्पसका  विद्यार्थीहरू उपस्थित रहेका थिए। कार्यक्रमका प्रतिभागीहरूले प्रकृति लम्सालको न्यायिक प्रक्रियामा ढिलाइ तथा उनको मामिलामा उचित कारबाही नहुने बिषयमा गम्भीर चासो व्यक्त गर्दै उचित कदम चाहने माग राखेका छन्।

नेविसंघले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको अधिकार र न्यायको मागलाई अगाडि बढाउने बताएको छ। उनीहरूले सरकार तथा सम्बन्धित निकायहरूलाई यस मामिलामा तत्काल ध्यान दिन र आवश्यक कारबाही गर्न पनि आग्रह गरेका छन्।

कार्यक्रम स्थलमा उपस्थित विद्यार्थीहरूले शान्तिपूर्ण तरिकाले आफ्ना मागहरू राख्दै न्यायको लागि आवाज उठाएका छन्। यसले विद्यार्थी समुदायमा न्याय र अधिकारको प्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

विज्ञापन